प्रकाश सपुतको मेरो पनि हैन र यो देश ? २४ घण्टामै भयो भाइरल, दर्शकले युटुबमा ट्रेनिङ एक को इस्थान दिए !
कमल सरगम,काठमान्डौ:नेपालीहरुले सर्बाधिक रुचाएका लोकप्रिय गायक तथा मोडल प्रकाश सपुतको आफ्नै नया गीत ‘मेरो पनि हैन र यो देश’बजारमा आएको छोटो समयमै ट्रेनिङ १मा आएको छ।हिमाल,पहाड,तराईको कथा समेटिएको यो गीतमा साच्चै देशको चिन्ता जोडिएको छ।
प्रकाश सपूतले निर्माण गरेको यो गीत् बास्तविक नेपालीलाई छुने भएकै कारण हुन सक्छ बजारमा आएको छोटो समयमै सर्बाधिक हेरिएको छ।
प्रकाश सपुतकै युटुब मार्फत आएको गीतमा नेपालका प्रख्यात कलाकारहरु पनि अभिनयमा जोडिएका छन।प्रकाशको प्रस्तुतिलाई निर्णायक भूमिका दिदै लोकप्रिय गायक राजु परियार,लोकप्रिय कलाकार सरिता लामिछाने,लोकप्रिय पत्रकार ऋषि धमला,देबेन्द्र बब्लु,अमर नौपाने लगाएत पनि देख्न सकिन्छ।
एता प्रकाश सपुतलाई कलाकारिताकै भूमिकाबाट भने भोजराज सापकोटा,राम भजन कमत,कुलदिप अधिकारी,रबिन तामाङ्ग आदि रहेका छन।गीतको कथा लेखन तथा निर्देशन पनि प्रकाश सपुतकै रहेको छ।
प्रकाश सपुतकै शब्द तथा संगीत रहेको गीतमा आवाज पनि प्रकाश आफ्नै रहेको छ।यो बेला देशमा राजनीतिक अबस्थाले गर्दा आफ्नै देशमा बस्न पनि मुस्कुल भएको र यही कथालाइ बिशेष रुपमा भिडियो मार्फत जोडिएको छ।
प्रकाशको यो गीतलाई धेरै अग्रज व्यक्तिहरुले शुभकामना दिएका छन।प्रकाश सपुतलाई हाम्रो लालीगुराँस डटकमको टिमको तर्फबाट पनि हार्दिक शुभकामना ब्यक्त गर्दछौ। भिडियो हेरौ
https://www.youtube.com/watch?v=mZspb3Neub4
Comments are closed.