प्रधानमन्त्री ओलीले भने – नेपाल पक्षसँग एकै ठाउँमा बस्न सक्ने अवस्था छैन, उनीहरुमाथि जस्तोसुकै कारबाही हुन्छ
काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग अब एकै ठाउँमा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने पनि स्पष्ट पार्नुभएको छ ।
ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले माधव नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गर्नुभयो ।
सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको पनि उहाँले बताउनुभयो ।
मधेशका मुद्दा सम्बोधनका लागि आफू तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ छ ।
यो पनि …
प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै देशको राष्ट्रिय समस्या भएको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले सो कुरा आइतबार इमेज टेलिभिजनको हट सिट कार्यक्रममा प्रस्तोता जगदीश खरेलसँगको अन्तर्वातामा बताएका हुन् । उनले देशमा तनाव अति भएको भन्दै सिके राउत, विप्लवहरुलाई राजनीतिक मूलधारमा ल्याएको भन्दै देशमा तनाव बढाउन नहुने बताए ।
तनाव अति भयो देशमा । तनाव चाहिने भन्दा बढि भयो । हामी एउटा द्वन्द्वको स्थितिबाट आयौं । अव तनावतिर होइन, अव प्रचण्डजीको हतियार उठाएर द्वन्द्व गर्ने भएपनि देशलाई द्वन्द्व र झमेलामा हाल्ने, उहाँले पार्टीलाई पनि झमेलामा हाल्नुहुन्छ, देशलाई पनि झमेलामा हाल्नुहुन्छ’, ओलीले भने, ‘उहाँ त एउटा राष्ट्रिय समस्या हो ।’
उनले अगाडि भने, ‘उहाँले कसैलाई पनि मिल्न नदिने, नेपाली काँग्रेसमा भन्नुस् न ? उहाँ शेरबहादुर देउवा, रामचन्द्र पौडेल कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालाकाबीचमा अहिले पनि खेलिरहनुभएको छ । तर, यति सावधानी र चतुर्याइका साथ किन उहाँलाई देश बनाउनु त छैन ।’
Comments are closed.