माघ १३ , नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा सहभागी हुँदै छन् ।भारतका आठ फ्रेन्चाइजले सहभागिता जनाउने यस ट्वान्टी-२० लिगमा सहभागिता जनाउन विश्वका उत्कृष्ट खेलाडीहरुको चाहना हुन्छ । तर अक्सनमार्फत कुनै टोलीले खरिद गरेका खेलाडीले मात्र यसमा सहभागिता जनाउने मौका पाउँछन् । प्रत्यक टोलीले कम्तिमा १८ र बढीमा २५ खेलाडी अक्सनमार्फत किन्न पाउने प्रावधान रहेको छ । प्रत्येक टोलीमा अधिकतम ८ विदेशी खेलाडी राख्न पाइन्छ भने एक पटकमा ४ खेलाडीले मात्र खेल्न पाउँछन् ।
अक्सनमा सहभागी हुन आईपीएलले ५ सय ७८ खेलाडीको अन्तिम नामावाली सार्वजनिक गरेको छ । त्यसमा ३ सय ६० भारतीय तथा २ सय १८ विदेशी खेलाडी रहेका छन् । सबै टोलीलाई अक्सनमा खर्च गर्न ८० करोड भारु तोकिएको छ । केही टोलीले भने प्रतियोगिताको नियमअनुसार पुराना खेलाडी राख्ने प्रक्रिया (रिटेन्सन) को उपयोग गरेकाले केही सिमित बजेट खर्चिन पाउने छैनन् ।नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलको अक्सनमा पर्ने पहिलो खेलाडी हुन् । सन्दिपको न्युनतम सुरुआती मूल्य २० लाख भारु राखिएको छ ।
Prev Post
Next Post
You might also like
Comments are closed.