Nepal's First Video FM

दोहोरी च्याम्पियनमा जेरी बबिता बनिया र शंकर छेत्रीले यस्तो सम्म भाबुक बनाए ,यो हप्ता बिजयी भए ,पशुपति शर्माले हँसाए

401

कमल सरगम-काठमान्डौ, यो हप्ताको दोहोरी च्याम्पियनमा बबिता बानिया जेरी र शंकर छेत्रीको टिम बिजयी भएर अर्को खेलको लागि प्रवेश भएका छन। यो समय चर्चा र बिबाद दुवै खेपिरहेको एक मात्र रियालिटी सो दोहोरी च्याम्पियनको सातौ खेल सकिएको छ।

पहिलो भागनै सर्बाधिक बिबादित बनेपछि दोहोरी च्याम्पियन प्रति दर्शकको मनमा चोट पुगेको थियो। अहिले भने दर्शककै चाहना अनुरुप कार्यक्रम अगाडी बढेको छ।

बबिता बानिया जेरी र शंकर छेत्री संग भिडन्त दिलिप थापा र संगीना थापाले गरेका थिए। संगीनाको टिमले केहि अंक कम ल्याएर पराजय भोग्नु पर्यो भने जेरीको टिम अर्को राउण्डको लागि प्रबेस भएको छ।

दोहोरी च्याम्पियनमा देशभरबाट प्रतिष्पर्धी आएका छन। ४ जना निर्णायक र २ कार्यक्रम प्रस्तोता रहेको एक मात्र मौलिक रियालिटी सो दोहोरी च्याम्पियनले अझ दर्शकको मन जित्ने कार्यक्रम प्रस्तोता तथा लोकप्रिय गायक बद्री पंगेनीले जानकारी दिएका छन। यो पटक अथिति निर्णायकको रुपमा लोकप्रिय गायक पशुपति शर्मा र रिता थापा रहेका थिए।

पशुपति शर्मा र रिता थापाले जव दोहोरी गाउँन थाले त्यस पछि दर्शक दीर्घामा रहेका सहभागी व्यक्ति देखि निर्णायक समेत उत्साहित देखिएका थिए भने पशुपतिले दोहोरी च्याम्पियनको खुलेर प्रशंसा गरेका थिए।यता रिता थापाले सबैलाई हसाएकि छिन।दोहोरी च्याम्पियनको सो मा आफु पुग्दा कलाकारहरुको प्रस्तुतिले खुसि मात्रै भइनन आफै हसाउन समेत तयार भइन।आम दर्शकले माया गरेको रिता थापाको प्रस्तुतिमा रमाउनेको लर्को लाग्यो।

एता दोहोरी च्याम्पियनमा बबिता बानिया जेरी र शंकर छेत्रीको पक्षमा ५ सय ६४ दशमलब ५ मत प्राप्त भएको थियो भने भिडन्त दिलिप थापा र संगीना थापाको पक्षमा ५ सय ७३ दशमलब ५ मत प्राप्त भएको थियो।कार्यक्रम नेपाल टेलिभिजन मार्फत प्रशारण हुने गर्छ।

You might also like

Comments are closed.