Nepal's First Video FM

विमान दुर्घटनामा मृतक ४८ पुगे, ८ को अस्पतालमा निधन, २ घर फर्के

399

फाल्गुन २८, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ ।

घाइतेमध्ये २ जना उपचारपछि घर फर्केको जानकारीमा आएको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ । विमानमा ३३ नेपालीसहित ७१ जना सवार थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.