काठमाडौँ,चलचित्र निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेल बीच पछिल्लो समय बिबाद पनि बढ्न थालेको छ।सेलाईसकेको उक्त बिबादले फेरी अर्को रुप लिए पछि केहि दिन अगाडी फेरी बिबादमा मुछिएका छन् ।
छवि र शिल्पाबीचको तिक्तता अहिलेबाट मात्र नभएर उनीहरु वैवाहिक सम्बन्धमा बाँधिएदेखि नै सुरु भएको निर्माता छवि बताउँछन् ।निर्माता छवि र नायिका शिल्पा २०७३ असार २९ गते वैवाहिक सम्बन्धमा बाँधिएका थिए भने उनीहरुले २०७५ पुस १२ गते विवाह दर्ता गरेको देखिन्छ ।
पछिल्लो केही हप्तायता छवि र शिल्पाको विषय सामाजिक सञ्जाल र सञ्चार माध्यमको केन्द्रविन्दु बनिरहेको छ । उनीहरुको सम्बन्धबारे खोजी गर्न थाले ।
व्यक्तिगत र घरायसी सम्बन्धलाई छताछुल्ल पार्ने कुनै युट्युभको हातमा उनीहरु परेनन्। तर, रंग पत्रकार प्रकाश सुवेदीले भने यसलाई कभरेज गरे ।
जसले चलचित्र क्षेत्रमात्रै तताएन, छवि र शिल्पा आ–आफ्नो प्रतिरक्षामा उत्रन बाध्य भए । छवि र शिल्पाबीचको सम्बन्धलाई समाचार बनाएका पत्रकार सुवेदी दुुईवटा टेलिभिजन कार्यक्रम नै निलम्बनमा परेको छ ।
तर, यही बेला पत्रकार ऋषि धमलाले पनि यस विषयलाई प्रस्तुुत गरे । आफ्नो टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा निर्माता छवि ओझालाई ल्याएर शिल्पासँगको विषयलाई धमलाले फेरि उठान गरे । सो क्रममा शिल्पासँग आफूूले विवाह गरेर गल्ती गरेको छविले स्वीकारेका छन्।
Comments are closed.