Nepal's First Video FM

‘तपाईंको मास्क खै ?’ यसरी सुरू भयो कलंकीमा चेकिङ अभियान !

358

काठमाडौं । प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेकाे छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकी र महानगरीय प्रहरी प्रभाग कलंकीकाे संयुक्त पहलमा तपाईंको मास्क खै अभियान सञ्चालन गरेर यात्रुहरूकाे मास्क चेकिङ सुरू गरिएकाे हाे ।

सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वर जनहितमा जारी सन्देशसहित अभियानमा हाेमिएकाे छ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीका प्रमुख शंकर खड्काले उपत्यकाबाट बाहिरिने र प्रवेश गर्ने सवारीसाधन तथा सबै नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अभियान सञ्चालन गरिएकाे बताए ।

मास्क नलगाउने र अटेर गर्नेलाई कलंकी चाेककाे हाेल्डिङ्ग सेन्टरमा दुई घण्टा राखेर सम्झाई-बुझाई गर्ने तथा मास्क किन्न लगाएर छाडिने गरेकाे कंलकी प्रहरी प्रमुख मिठ्ठु खड्काले बताए ।

कंलकी चाेकवरपर मास्क नलाई हिँड्ने २१ जनालाई दुई घण्टा हाेल्डिङ्ग सेन्टरमा राखिएकाे छ ।

अभियान अन्तर्गत चन्द्रागिरि, कंलकी लगायत स्थानहरूमा चेकिङ गरिने कंलकी ट्राफिक प्रमुख खड्काले जानकारी दिए ।

You might also like

Comments are closed.