Nepal's First Video FM

टियुको सबै परीक्षा स्थगित

388

त्रिभुवन विश्विविद्यालयको सबै परीक्षा अनिश्चितकालको लागि स्थगित भएका छन् । सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउदै सबै परीक्षा अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गर्ने निर्णय गरेको हो।

यस संगै पूर्वनिर्धारित,वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार त्रिवि आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा समेस्टर प्रणालीका स्नातक तथा स्नातकोत्तर तहका सञ्चालित र सञ्चालन हुने प्रक्रियामा रहेका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय भएको हो

You might also like

Comments are closed.