काठमाडौं । उपत्यकाका तीनैवटा जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सवारी साधनलाई निषेधाज्ञा अवधीभर काठमाडौं छिर्न रोक लगाएका छन् ।
तीनैवटा जिल्ला प्रशासनद्वारा जारी सूचनामा बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म बाहिर जिल्लाबाट काठमाडौं छिर्न रोक लगाइएको हो ।
अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा आउन प्रतिवन्ध लगाउने निर्णय समेत आदेशमा छ ।
यस्तै कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गतेसम्म एक साता लकडाउन लगाईएको छ । काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएका छन् ।
उक्त आदेश बैशाख १६ गते विहान ६ बजेदेखि बैशाख २२ गते राति १२ः०० बजेसम्म लागु हुने भनिएको छ।
अत्यावश्यक खाद्य सामग्रीको हकमा खाद्य सामग्री पसलहरु विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि साँझ ७ बजेसम्म मात्रै खुल्ला हुने भनिएको छ । त्यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्रै विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गर्ने भनिएको छ ।
त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुलाई भने अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आईसोलेशनमा बस्नुपर्ने भएको छ ।
Comments are closed.