काठमाडौं, कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकामा बैशाख १६ गते विहान ६ बजेबाट बैशाख २२ गतेसम्म एक साता लकडाउन लगाईएको छ ।
काठमाडौंका सिडिओ कालिप्रसाद पराजुलीले आज एक विज्ञप्ती जारी गर्दै एक सातासम्म अत्यावश्यकबाहेकका सेवा बन्द भएको जनाएका छन् । उक्त आदेश बैशाख १६ गते विहान ६ बजेदेखि बैशाख २२ गते राति १२ः०० बजेसम्म लागु हुने भनिएको छ।
यसैगरी, खाद्य सामग्री र औषधी, स्वास्थ्य सामग्री पसल बाहेकका अन्य पसल हाललाई बन्द गरिने छ। खाद्य सामग्रीका पसल बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गरिने छ।
डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्षमात्र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने छ।
खाद्य सामग्री, ग्रोसरी पसल, औषध पसलजस्ता अत्यावश्यक सेवाका व्यवसाय सञ्चालन गर्दा सरकारले तोकेको मापदण्ड पालना गर्नुपर्ने छ।
सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यालयले जारी गरेको परिचय पत्रको आधारमा आवतजावत गर्न दिइने निर्णयमा उल्लेख छ।
त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुलाई भने अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्वारेन्टिन र होम आईसोलेशनमा बस्नुपर्ने भएको छ ।
Comments are closed.