Nepal's First Video FM

आज मात्र संक्रमितको संख्या ४,५०० माथि, ज्यान गुमाउनेको संख्या १८ पुग्यो

356

काठमाडौँ, २४ घण्टामा देशभरमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । मंगलबार कोरोना संक्रमण पुष्टि हुनेको चार हजार ५२४ रहेको छ । यसै अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या भने १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एक दिनमा नेपालमा भएको १५ हजार ६८१ नमुना परीक्षणमा सो पुष्टि भएको हो । यस्तै थपिएका संक्रमितमध्ये काठमाडौंका एक हजार ६०२ जना , ललितपुरका २४० जना र भक्तपुरका १२४ जना रहेको मन्त्रालयको तथ्यांकमा देखिन्छ । यसरी आज उपत्यकामा कुल एक हजार ९६६ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभरमा कोभिड १९ संक्रमित हुने तीन लाख सात हजार ९२५ जना,संक्रमण जितेर डिस्चार्ज हुने दुई लाख ७८ हजार ५०६ जना र मृत्यु हुनेको कुल संख्या तीन हजार १९४ रहेको छ । हाल क्वारेन्टिनमा ५८ जना छन् ।

You might also like

Comments are closed.