काठमाडौँ, साताको तेस्रो कारोबार दिन मंगलबार नेप्सेमा ९२ अंकको उछाल देखिएको छ। गत सात कारोबार दिनमा २३० अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन साढे ३ प्रतिशत भन्दा धेरैले बढेको हो।
यस दिन ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १४.४८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ।
कारोबार रकम भने अघिल्लाे दिनको तुलनामा केहि कम देखिएको छ। अघिल्लो दिन सोमबार ६ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये एक कम्पनीको मात्रै शेयरमूल्य केही घटेको छ भने अन्य सबै कम्पनीको शेयरमूल्य बढेको छ।
Comments are closed.