Nepal's First Video FM

केपी ओलीलाई साथ दिने या नदिने विवादले जसपा फुट्ने भो, यस्तो सम्म हुदै छ !

450

काठमाडौं, जनता समाजवादी पार्टीमा मतभेद बढेको छ । मतभेद बढेपछि आज सत्ता गठबन्धनबारे निर्णय लिन बसेको जसपा बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने या अविश्वासको प्रस्तावको पक्षमा जाने विषयले विवाद बढेसँगै जसपा फुटको संघारमा पुगेको छ ।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको गठबन्धनमा सहभागी हुने प्रस्ताव राखेका थिए ।

उनको प्रस्तावमा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले विरोध गरेपछि बाहिरिएका थिए ।

बुधबार नै अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहँदा जसपाको बैठक टुंगोमा पुग्न बसेको हो । बैठक विना निष्कर्ष टुंगिएपछि जसपा अविश्वासको प्रस्ताव आएमा विभाजित भई अगाडि बढ्ने सम्भावना पनि बढेको छ ।

जसपाभित्र संसदीय दलमा को कता भन्ने चासोको विषय बनेको छ । ३२ सांसदले मतदानको अधिकार पाउनेमा बहुमत ठाकुरको पक्षमा देखिएका छन् । तर, कार्यकारणी समितिमा उपेन्द्र यादव बहुमतमा छन् ।

You might also like

Comments are closed.