काठमाडौं, नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले माधव नेपालको राजनीति अहिले कुन्ती मोक्तानको गीत ‘धरान धनकुटा भो’ भन्दै कडा टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका हुन् । उनले कानूनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही पनि भनेका छन् ।
उनले लेखेका छन्–‘कमरेड नेपाल आधाशताब्दी देखि सिद्दान्तको राजनीति गर्दै आएको हुँ भन्छन तर आजभोली अदालत धाएको हेर्दा कानुनका नौ सिङ वाला पो लाग्यो।कुन्ती मोक्तान कै धरान धनकुटा भो उनको राजनीति।कानुनको भन्दा राजनीतिमा रामबहादुरकै बाटो सही।कठिन छ,तन एमालेतिर मन प्रचण्डतिर भएको वर्तमान परिप्रेक्ष्यमा!”
र यो पनि .
माधव कुमार नेपालसहित नेकपा एमालेका नेताहरुले आफूहरुमाथि कारबाही रोक्न माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सोमबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले अहिले नै कारबाही भइसकेको अवस्था नदेखिएको भन्दै कारबाही रोक्न भनी माग गरेको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
वैशाख ६ गते एमाले अध्यक्ष एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित २७ सांसदलाई सांसद पदबाट किन नहटाउने भनी स्पष्टीकरण माग गरेका थिए ।
त्यसविरुद्ध नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले आफूहरुमाथिको कारबाही हाल यथास्थितिमा राख्न र थप कारवाही नगर्न नगराउन अन्तरिम आदेश माग गरेका थिए ।
हालको प्रारम्भिक अवस्थामा पार्टीको आन्तरिक कार्य व्यवस्थापनको सिलसिलामा स्पष्टीकरण सोधिएकै घरमा माग गरे बमोजिम अन्तरिम आदेश जारी गरिरहनुपर्ने अवस्था नदेखिएको आदेशमा उल्लेख गरिएको छ ।
निर्वाचन आयोग, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतलाई विपक्षी बनाइएको रिटमा सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
त्यस्तै यो विवादको विषयवस्तुको प्रकृति चाँडै निरुपण हुनुपर्ने देखिएकाले अग्राधिकार दिन पनि आदेश दिएको छ ।
Comments are closed.