कोरोना संकटसँग जुध्दै गरेको भारत अहिले विश्वसँग सहयोग माग्दैछ । तर भारतको ठुलो सहयोगी मानिएको अमेरिका सोचे अनुसार सहयोग गरिरहको छैन ।
अमेरिकाले विश्वभरबाट आएको चर्को दबाबपछि हालै कोरोना खोप निमार्णमा आवश्यक कच्चा पदार्थमाथि लगाएको रोक हटाएको छ । तर भारत अमेरिकासँग यो भन्दा धेरै आश गरेर बसेको छ ।
चर्चित अभिनेत्री प्रियंका चोपडाले अमेरिकासँग कोरोना खोप मागेकी छिन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ट्याग गर्दै सन्देश भारतलाई खोप उपलब्ध गराउन भनेकी हुन् । उनले भारतको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् ।
बाइडेनसँग बिन्ती गर्दै उनले तुरुन्त भारतलाई खोप दिन सक्छन् रु भन्दै प्रश्न पनि गरेकी छिन् । चोपडाका अनुसार अमेरिकाले आवश्यक्ता भन्दा धेरै खोप राखेको छ ।
प्रियंका चोपडाले ट्वीटमा भनेकी छिन, ‘मेरो मुटु छियाछिया भएको छ । भारत कोभिड–१९ देखि पीडित छ । अमेरिकाले ५ करोड ५० लाख खोपको आवश्यकता पूरा गरिसकेको छ ।’ प्रियंकाले अमेरिकी राष्ट्रपति, ह्वाइट हाउसका प्रमुख लगायत धेरैलाई ट्याग गरेकी छिन् ।
प्रियंकाले एस्ट्राजेनीका खोपलाई विश्वव्यापी रुपमा बाँड्न तयार भएको भन्दै अमेरिकालाई धन्यबाद पनि दिएकी छिन् । उनले भनेकी छिन, ‘मेरो देशको अवस्था एकदम खराब छ । के तपाईं तुरून्त भारतलाई खोप प्रदान गर्न सक्नुहुन्छ रु’
यद्यपि धेरै मानिसहरूले प्रियंकाको ट्वीटमा प्रतिकृया दिदैँ एकदम ढिलाइ गरेको आरोप लगाएका छन् । एक प्रयोगकर्ताले कम्तिमा २ हप्ता अघि यो ट्वीट गर्नुपर्थ्यो भनेका छन् । अर्कोले अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्न सहमत भइसकेको जनाएका छन् ।
साथमा धेरै मानिसहरूले प्रियंका चोपडाको प्रशंसा पनि गरेका छन् ।काठमाडौं । कोरोना संकटसँग जुध्दै गरेको भारत अहिले विश्वसँग सहयोग माग्दैछ । तर भारतको ठुलो सहयोगी मानिएको अमेरिका सोचे अनुसार सहयोग गरिरहको छैन । अमेरिकाले विश्वभरबाट आएको चर्को दबाबपछि हालै कोरोना खोप निमार्णमा आवश्यक कच्चा पदार्थमाथि लगाएको रोक हटाएको छ । तर भारत अमेरिकासँग यो भन्दा धेरै आश गरेर बसेको छ ।
चर्चित अभिनेत्री प्रियंका चोपडाले अमेरिकासँग कोरोना खोप मागेकी छिन् । उनले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई ट्याग गर्दै सन्देश भारतलाई खोप उपलब्ध गराउन भनेकी हुन् ।
उनले भारतको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सहयोगका लागि अनुरोध गरेकी हुन् । बाइडेनसँग बिन्ती गर्दै उनले तुरुन्त भारतलाई खोप दिन सक्छन् रु भन्दै प्रश्न पनि गरेकी छिन् । चोपडाका अनुसार अमेरिकाले आवश्यक्ता भन्दा धेरै खोप राखेको छ ।
प्रियंका चोपडाले ट्वीटमा भनेकी छिन, ‘मेरो मुटु छियाछिया भएको छ । भारत कोभिड–१९ देखि पीडित छ । अमेरिकाले ५ करोड ५० लाख खोपको आवश्यकता पूरा गरिसकेको छ ।’ प्रियंकाले अमेरिकी राष्ट्रपति, ह्वाइट हाउसका प्रमुख लगायत धेरैलाई ट्याग गरेकी छिन् ।
प्रियंकाले एस्ट्राजेनीका खोपलाई विश्वव्यापी रुपमा बाँड्न तयार भएको भन्दै अमेरिकालाई धन्यबाद पनि दिएकी छिन् । उनले भनेकी छिन, ‘मेरो देशको अवस्था एकदम खराब छ । के तपाईं तुरून्त भारतलाई खोप प्रदान गर्न सक्नुहुन्छ ?’
यद्यपि धेरै मानिसहरूले प्रियंकाको ट्वीटमा प्रतिकृया दिदैँ एकदम ढिलाइ गरेको आरोप लगाएका छन् । एक प्रयोगकर्ताले कम्तिमा २ हप्ता अघि यो ट्वीट गर्नुपर्थ्यो भनेका छन् । अर्कोले अमेरिकाले कच्चा पदार्थ आपूर्ति गर्न सहमत भइसकेको जनाएका छन् । साथमा धेरै मानिसहरूले प्रियंका चोपडाको प्रशंसा पनि गरेका छन् ।
Comments are closed.