Nepal's First Video FM

नायिका सुपुष्पा भट्टले गरिन् प्रेमी रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट

434

काठमाडौँ – नायिका सुपुष्पा भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छिन् । नायिका भट्टले प्रेमी रौनक विक्रम कँडेलसँग एक पारिवारिक समारोहका विच इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुले वैशाख १७ गते इन्गेजमेन्ट गर्ने तयारी गरेका थिए । तर, काठमाण्डौमा भोलीबाट निषेधाज्ञ घोषणा भएसँगै उनीहरुले २ दिन अगाडि नै इन्गेजमेन्ट गरेका हुन् । सुपुष्पा र रौनक विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको जानकारीमा आएको छ। यो जोडीले आफ्नो छोटो प्रेमलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी गरेको जनाइएको छ।

नयिका सुपुष्पा भट्टले चलचित्र ‘रणवीर’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी थिइन् । यसपछि उनले ‘छ माया छपक्कै र चपली हाइट ३’मा काम गरेकी छिन् । यस्तै, रौनकले ‘कबड्डी’ जस्तो सफल चलचित्र निर्माण गरेका छन् । उनीहरुको बिहे मिति भने पछी सार्वजनिक गरिने बताइएको छ ।

हेर्नुहोस इन्गेजमेन्टक तस्विरहरु :

You might also like

Comments are closed.