Nepal's First Video FM

नायीका पुजा शर्मा भन्नछिन् , मलाई बुवाको अभाव महशुष हुँदैन, आमा लाई सधै खुसी राख्नेछु : बिबाह बारेमा यस्तो भन्नछिन् !

339

काठमाडौ । अभिनेत्री पुजा शर्माले एक अन्तरबार्ता भनेकी छिन्क आफुलाई पिताको अभाव नहुने बताएकी छन् । उनले जुन बेला आफुलाई पिताको सहयोग र सहारा चाहिएको थियो त्यो बेला नपाएको साथ अब नचाहिने बताएकी छन् ।

वुवाले आमालाई तिरस्कार गरेका कारण आमासंग मात्रै बस्दै आएकी पुजाको संघर्षको जिवन छ । पुजालाई आमा एक्लैले हुर्काएकी हुन् । छोरी भएका कारण पुजा र उनको आमालाई परिवारले तिरस्कार गरेको उनले यस अघिका अन्तरवार्तामा बताएकी थिइन् ।

उनले भनिन्, मलाई बुवाको अभाव महशुष हुँदैन, अस्ती फोन आएको थियो । मैले आवाज सुन्ने वित्तिकै फोन राखिदिए । मलाई कुरा पनि गर्न मन लाग्दैन । मलाई अब चाहिएको छैन । मेरो हातखु्टा सहि सलामत छन् । आफै केही गरेर खान सक्छु । त्यसैले मलाई बुवाको अभाव अहिले छैन ।

आमानै आफ्नो जिवन भएकाले आफुलाई आमाले मात्र हेण्डल गर्न सक्ने बताएकी छन् । आमासंग टाढा हुन नपरोस भनेर नै आफुले विवाहका बारेमा अहिले सोच्न नसकेको बताएकी छन् ।

सुपुष्पा र रौनक इन्गेज्ड

अभिनेत्री सुपुष्पा भट्टले निर्माता प्रेमी रौनकविक्रम कँडेलसँग इन्गेजमेन्ट गरेकी छन् । विगत ६ महिनादेखि प्रेम सम्बन्धमा रहेको यो जोडीले काठमाडौंमा बुधबार इन्गेजमेन्ट गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार शुक्रबार इन्गेजमेन्टको तयारी गरिए पनि बिहीबारबाट उपत्यकामा निषेधाज्ञा लागु गरिएपछि दुई दिन अघि नै टिकाटालोको काम पुरा गरेका हुन् ।
फिल्म ‘रणवीर’बाट अभिनयमा पाइला चालेकी सुपुष्पमाले फिल्म ‘छ माया छपक्कै’ र ‘चपली हाइट ३’मा अभिनय गरेकी छन् । फिल्म ‘चपली हाइट ३’ रिलिजको पर्खाइमा छ ।

निर्माता रौनकले ‘कबड्डी’ जस्तो सफल फिल्म निर्माण गरेका छन् । उनी ‘झोले २’का निर्माता पनि हुन् । रौनक नयाँ फिल्म ‘ब्रम्हजंग’ बनाउने तयारीमा छन् ।

You might also like

Comments are closed.