काठमाडौं । माधव नेपाल पक्षीय नेकपा(एमाले)का नेता भीम रावलले पार्टीको समानान्तर कमिटी बनाउने काम नरोकिने बताएका छन् । अध्यक्ष ओली पार्टी विधानविपरीत गतिविधि गरेको आरोप लगाउँदै उनले सामान्तर कमिटी बनाउने अभियान नरोकिने बताएका हुन् ।
बुधबार आफूपक्षीय नेतासँगको छलफलपछि अध्यक्ष ओलीले गरेको गल्ती नसच्याएसम्म आफूहरु निरन्तर समानान्तर अभियानमा लाग्ने बताए । ‘अध्यक्ष ओलीले अदालतको आदेशविपरीत केन्द्रीय कमिटी भंग गरेर बनाएको महाधिवेश आयोजक कमिटी नै अवैध छ’ उनले भने, ‘त्यस्ता अवैध काम नसच्चिएसम्म हाम्रो अभियान पनि रोकिन्न ।’
नेपालको कानून बमोजिम प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्यलाई कारवाही नै गर्न नमिल्ने भन्दै उनले त्यो धाक, धम्की दिने, तर्साउने कुरामात्रै भएको टिप्पणी गरे ।
नेता रावलले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी पाइला चाल्न नसकेको पनि आरोप लगाए
Comments are closed.