काठमाडौं । कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा ६१ प १५३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कीर्तिपुर नगरपालिका–१० बाघभैरवका ५० वर्षीय राजमान महर्जनको मृत्यु भएको हो ।
बुधबार राति दुर्घटनामा गम्भीर घाइते महर्जनको उपचारका क्रममा नेपाल नेशनल अस्पताल कलङ्कीमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि …….
तनहु : ऋषिङ गाउँपालिका- १ धारापानीमा बुधबार साँझ भएको स्कुटर दुर्घटनामा दुइ जनाको मृत्यु भएको छ । ऋषिङ- ४ थप्रेकबाट दमौलीतर्फ आउँदै गरेको ग १८ प ३७७ नम्बरको स्कुटर दुर्घटना हुँदा सवार दुवै जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ऋषिङ- ४ का ३७ वर्षीय सन्देश गजमेर र सोही ठाउँकी २६ वर्षीया पवित्रा रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । सन्देशलाई दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए भने पवित्राको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रनाउ तिमिल्सिनाले जानकारी दिए ।
मृतकमध्ये सन्देश बालविकास माध्यमिक विद्यालयमा लेखापालका रूपमा कार्यरत थिए भने पवित्रा महेन्द्रज्योति माध्यमिक विद्यालयको शिक्षिका हुन् । कोरोना सङ्क्रमणका कारण विद्यालय बन्द भएपछि उनीहरु दमौली फर्किँदै थिए । ओरालोमा ब्रेक फेल भई अनियन्त्रित भई स्कुटर पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
अनि यो पनि ……….
बुधबार राति घडीमा ११:५१ बजिसकेको छ । काठमाडौं उपत्यका छाडेर नागढुंगा नाका हुँदै गाउँ फर्किनेको कंलकीमा मेला लागेको छ । ठेलमठेल भिडमा उदयपुरकी कविता आलेमगर २१ महिने नानी काखमा च्यापेर सडकछेउमा बसिरहेकी थिइन्, छेउमा ग्यास सिलिन्डरदेखि खाटसम्मका सामान पनि थिए । उनले बेलुका ८ बजेको गाडीको टिकट काटेकी थिइन् । तर, गोंगबुस्थित बसपार्कबाट हिँडेको गाडी मध्यरातसम्म कलंकी आइपुगेको छैन ।
‘टिकट त लिइसकेको छु, तर अहिलेसम्म गाडी आएको छैन । कतिवेला आउँछ भन्ने पनि टुंगो छैन, साह्रै दुःख पाइयो,’ कविताले भनिन् । उपत्यकामा निषेधाज्ञा घोषणा भएसँगै उनलाई काठमाडौंमै बसे अघिल्लो लकडाउनमा जस्तै दुःख पाइने डरले सताउन थाल्यो ।
त्यसैले कोठाका सबै सामानसहित घर फर्किन लागेको उनले बताइन् । बिहीबारदेखि उपत्यकामा निषेधाज्ञा लागू गर्ने घोषणा सरकारले तीन दिनअघि नै घोषणा गरिसकेको छ ।
काठमाडौंको गोंगबु बसपार्क, कलंकी, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा अत्यधिक भिड छ । लामो दूरीका यात्रु नागढुंगामा दिनभरजसो जाममा परेका छन् । उपत्यकाबाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि त्यस क्षेत्रको आवागमन नै अस्तव्यस्त बनेको थियो ।
Comments are closed.