काठमाडौं । पछिल्लो चोबीस घण्टामा कोभिड १९ संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो संख्या कोभिड संक्रमण अवधिकै उच्च हो ।
यसअघि ०७७ कात्तिक १९ गते सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । वैशाख महिनामा गत १२ गते २८ जनाको मृत्यु भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ३ हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९२८ कोभिड १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ भने हालसम्म कोभिड १९ संक्रमितको कूल संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।
२४ घण्टामा १३ हजार ५६० वटा नमूना परीक्षण गरिएकोमा ४ हजार ९२८ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ८८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ ।
Comments are closed.