Nepal's First Video FM

गण्डकी प्रदेशसभा बैठकमा : “आफू बेहोस भएकाले सम्पर्कमा आउन सकिन”

339

पोखरा – गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाहीले आफू पार्टीको निर्णयप्रति प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका छन्। बुधबार गण्डकी प्रदेशसभा बैठकमा नआएका राष्ट्रिय जनमोर्चाका सांसद शाहीले आफू बेहोस भएकाले सम्पर्कमा आउन नसकेको र हाल अस्पतालमा उपचाररत रहेको प्रष्टीकरण दिएका हुन्।

सांसद शाहीले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्, ‘म सदनमा जाने भनि तयारी अवस्थामा रहेको बेला अचानक बिरामी भई मेरो आफ्नै भाइलाई सम्पर्क गरेर आफ्नो स्वास्थ्य उपचारका लागि अस्पताल लैजाने क्रममा बेहोस भएछु।’

You might also like

Comments are closed.