Nepal's First Video FM

‘कोरोना केही होइन,बकबास हो’ भन्ने दुलाहाले पत्रकारको भेटे राम धुलाई (हेर्नुहोस भिडियो)

319

एजेन्सी , कोरोनाको दोस्रो लहरको चपेटमा परेको भारतमा सयौं जन्ती र पाहुनासहित बिबाह गर्ने भन्दै अन्तरवार्ता दिने एक जना बेहुलालाई स्थानीय टेलिभिजन पत्रकारले बाटोमै चुटेका छन् ।

सरकारले कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड पालनाबारे सोधिएको जिज्ञासामा दुलाहाले ‘कोरोना कहिँ छैन,यो केही होइन, बरु बिबाहको लागि आफ्नो आफ्नो धेरै पैसा खर्च भइसकेकोले कुनै हालतमा बिहे गर्ने,हेरौं त कसले रोक्दो रहेछ’ भनेपछि पत्रकारले उनलाई अन्तर्वार्ताकै क्रममा मुक्का प्रहार गरेर ढालेका हुन् ।

त्यसअघि पत्रकारले यस्तो बेलामा गरिने बिबाहमा सबैलाई कोरोना लाग्यो भने त्यसको जिम्मेवारी कस्ले लिने भनेर सोधेको प्रश्नमा पनि बेहुलाले ‘कोरोना भन्ने नै नरहेको र यो मान्छेलाई मूर्ख बनाउने मेलो’ बताउँदै ‘कहाँ छ कोरोना ?’ भनेर उल्टै पत्रकारलाई प्रतिप्रश्न गरेका थिए ।

त्यसपछि पत्रकारले रिसको झोँकमा उनलाई नराम्रोसँग कुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

छिमेकी मुलुक भारतमा यतिबेला कोरोना भाइरस संक्रमण भयावह बन्दै गएको छ । भारतमा दैनिक साढे तीन लाखभन्दा बढी संक्रमित हुने गरेको तथ्यांक आइरहेको छ । सोही मुलुकबाट कैलालीसँग सीमा जोडिएको भारतको गौरीफन्टा नाका हुँदै एक हप्तामा ५ हजार ९७ जना नेपाली स्वदेश फर्किए ।

सुदूरपश्चिमसहित देशका विभिन्न जिल्लामा स्थायी घर भएर रोजगारीको सिलसिलामा भारत पुगेका उनीहरू दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेपछि रोग र भोकबाट ज्यान जोगाउन धमाधम स्वदेश फर्केका हुन् ।

यद्यपि सीमा नाकामा गतिलो व्यवस्थापन नहुँदा थप जोखिम बढेको छ । सीमा नाकाबाट संक्रमण पुष्टि भएकाहरूसँगै अन्य स्वस्थ मानिसले पनि गन्तव्यसम्म पुग्न एउटै सवारी साधनको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

संक्रमणको दोस्रो लहर फैलिँदै गर्दा नाकासँग जोडिएको धनगढी उपमहानगरपालिका र प्रदेश सरकारसँग व्यवस्थापनको पर्याप्त समय थियो, तर स्थानीय र प्रदेश सरकार समय हुन्जेल सक्रिय भएनन् । जसको परिणाम संक्रमित र स्वस्थ मानिस एउटै सवारीमा यात्रा गर्न बाध्य छन् भने कतिपय परीक्षण विना गाउँ–गाउँ पुगिरहेका छन् ।

https://www.janaaastha.com/wp-content/uploads/2021/04/video-1619682497.mp4?_=1&fbclid=IwAR0o0VpgESeum_8-AaP5Y3IXokIz-2jnjJ7unDX31F22SWsUm6A9EwWdLKM

You might also like

Comments are closed.