Nepal's First Video FM

जहाज दुर्घटना अपडेटः केएमसीमा ८ जनाको निधन

418

यूएस बाङ्ला एयरवेजको जहाज दुर्घटनाका बीस जना घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भईरहेको छ । यूएस बाङ्ला एयरवेजको जहाज त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । केएमसी अस्पतालका अनुसार त्यहाँ ल्याइएका मध्ये ८ जनाको निधन भएको छ भने दुई जनाको आइसीयूमा र अन्य दश जनाको बर्न कक्षमा उपचार भइरहेको छ ।

पाँच जनाको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । यो दुर्घटनामा झन्डै ५० जनाको मृत्यु भएको आशंका गरिएको छ । यद्यपी विमानस्थल अधिकारीहरुले आधिकारिक विवरण उपलब्ध गराएका छैनन् ।
केएमसी अस्पतालमा निधन भएका यात्रुको नाम प्राप्त भएको छ ।

३५ वर्षिय हरिशरण पौडेल
३० वर्षिय सजना देवकोटा
८० वर्षिय प्रविण चित्रकार
दुइ जना चिनियाँ यात्रुको नाम खुलेको छैन ।
धेरै नै बर्न इन्जुरी भएका बाँकी दुईको पहिचान खुलेको छैन ।
साभार नागरिक न्युज

You might also like

Comments are closed.