काठमाडौं । कोरोना संक्रमित भएर नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ ।
उनको प्लाज्मा थेरापीबाट बिहीबार साँझदेखि उपचार थालिएको हो । पूर्वरानी शाहमा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि बुधबार साँझदेखि आइसियूमा सारिएको थियो ।
आज पनि उनलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको नर्भिक अस्पलाले जनाएको छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ ।
Comments are closed.