Nepal's First Video FM

शुक्रबार ५,७२७ संक्रमित थपिए, ३३ जनाको निधन ,

290

काठमाडौं, नेपालमा कोरोना भाइरसका आज ५६ सय ५७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय २८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यसै बीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूरा नभएका परियोजना उद्‌घाटन गर्ने नाममा सरकारले तडकभडक गर्दा पुनः लकडाउनको सामाना गर्नुपरेको टिप्पणी गरेको छ।

‘अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भीडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ’, शुक्रबार पत्रकार सम्मेलनमार्फत् कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको शैलीप्रति असन्तुष्टि व्यक्त गरे।

निषेधाज्ञासँगै नागरिकहरू पुनः जिल्ला लाखौं फर्कदा व्यापक संक्रमण गाउँ पुग्ने खतरातर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराइएको छ। कोरोना नियन्त्रणका लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटरको यथेष्ट आपूर्ति तथा अस्पताल,आईसीयू बेडको व्यवस्था गर्न माग गरिएको छ। स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधीको व्यवस्था गर्न सुझाव दिइएको छ।

You might also like

Comments are closed.