Nepal's First Video FM

चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण: भन्छन एकदमै धेरै शरीर दुख्ने, घरीघरी श्वास बढ्ने !

352

काठमान्डौ, नेपालीहरुले सर्बाधिक रुचाएका लोकप्रिय गायक तथा मोडल प्रकाश सपुतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सपुतले आफ्नो फेसबुक पेजमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उनले काठमाडौं मेडिकल कलेजमा पिसिआर परीक्षण गराएका थिए।

‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पिसिआर टेस्ट गरेको थिएँ,’ उनले फेसबुकमा लेखेका छन्।

उनले पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकाहरूलाई पिसिआर परीक्षण गराउन समेत अनुरोध गरेका छन्। उनी अहिले होम आइसोलेसनमा छन्। अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्।

‘कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौं तर यसलाई सामान्य भने नठानौं। किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ। सतर्कता अपनाउँ, सुरक्षित बसौं,’ सपुतले भने।

उनले गायका गीतहरू पछिल्लो समय लोकप्रिय छन्। हालै उनले ‘मेरो पनि होइन र यो देश?’ नामक गीत सार्वजनिक गरेका थिए। जुन एकदिनमै १० लाखले युट्युबमा हेरेका थिए।

यो पनि ..

प्रकाश सपुतको आफ्नै नया गीत ‘मेरो पनि हैन र यो देश’बजारमा आएको छोटो समयमै दर्शकले निकै मनपराएका छ। हिमाल,पहाड,तराईको कथा समेटिएको यो गीतमा साच्चै देशको चिन्ता जोडिएको छ।

प्रकाश सपूतले निर्माण गरेको यो गीत् बास्तविक नेपालीलाई छुने भएकै कारण हुन सक्छ बजारमा आएको छोटो समयमै सर्बाधिक हेरिएको छ।

प्रकाश सपुतकै युटुब मार्फत आएको गीतमा नेपालका प्रख्यात कलाकारहरु पनि अभिनयमा जोडिएका छन।प्रकाशको प्रस्तुतिलाई निर्णायक भूमिका दिदै लोकप्रिय गायक राजु परियार,लोकप्रिय कलाकार सरिता लामिछाने,लोकप्रिय पत्रकार ऋषि धमला,देबेन्द्र बब्लु,अमर नौपाने लगाएत पनि देख्न सकिन्छ।

एता प्रकाश सपुतलाई कलाकारिताकै भूमिकाबाट भने भोजराज सापकोटा,राम भजन कमत,कुलदिप अधिकारी,रबिन तामाङ्ग आदि रहेका छन।गीतको कथा लेखन तथा निर्देशन पनि प्रकाश सपुतकै रहेको छ।

प्रकाश सपुतकै शब्द तथा संगीत रहेको गीतमा आवाज पनि प्रकाश आफ्नै रहेको छ।यो बेला देशमा राजनीतिक अबस्थाले गर्दा आफ्नै देशमा बस्न पनि मुस्कुल भएको र यही कथालाइ बिशेष रुपमा भिडियो मार्फत जोडिएको छ।

प्रकाशको यो गीतलाई धेरै अग्रज व्यक्तिहरुले शुभकामना दिएका छन।प्रकाश सपुतलाई हाम्रो लालीगुराँस डटकमको टिमको तर्फबाट पनि हार्दिक शुभकामना ब्यक्त गर्दछौ। भिडियो हेरौ

You might also like

Comments are closed.