Nepal's First Video FM

आज सुन्दर र चर्चित नायिका पुजा शर्माको जन्मदिन, कति वर्षमा प्रबेस गरिन त?

338

काठमाडौँ, नेपाली चलचित्र क्षेत्रकी सफल नायिका पूजा शर्मा आजबाट २९ बर्षमा प्रवेश गरेकी छिन् । सिन्धुपाल्चोकमा पूजाको जन्म भएको हो । उनै, पूजा म्यूजिक भिडियो, टेलिभिजन हुँदै चलचित्रमा प्रवेश गरेकी हुन् ।

उनी ‘थ्री लभर्स’ नामक फिल्मबाट यो क्षेत्रमा आएकी हुन् । उनी ‘प्रेम गीत’ ‘राम कहानी’ को सफलता पछि निकै चर्चाको शिखरमा चुलिन्न पुगिन् । ‘म यस्तो गीत गाउँछु’ र ‘राम कहानी’ मार्फत फिल्म निर्माणमा समेत हात हालेकी उनी एक सफल अभिनेत्रीको चिनिन थालेकी छन् ।

चलचित्र मधुमास, मेरो प्रिय साथी, अझैपनि, चंखे शंखे पंखे, म यस्तो गीत गाउँछु २, पोइ पर्‍यो काले जस्ता चलचित्र सहित थुप्रै म्युजिक भिडियोमा उनले अभिनय गरेकी छिन् ।

पूजा पछिल्लो समयकी चर्चित र महंगी नायिका हुन् । उनले चलचित्रमा अभिनय गरेको १५ लाख भन्दा माथिको पारिश्रमिक वुझ्दै आएकी छिन् । म्यूजिक भिडियोमा पनि उनको क्रेज लोभलाग्दो छ ।

विभिन्न समयमा आफ्नै बोलीका कारण विवादमा समेत पर्दै आएकी यी नायिका पछिल्लो समय नायक आकाश श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा छिन् । तर, पूजा आकाशलाई आफ्नो साथी मात्र भएको बताउँछिन् ।

उनै पूजालाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।

You might also like

Comments are closed.