काठमाडौं । चर्चित अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाका परिवारले बुधबार कोभिड-१९ विरुद्धको चिनियाँ खोेप भेरोसेल लगाएका छन् ।
ललितपुरस्थित अल्का अस्पतालमा पुगेर उनीहरुले खोप लगाएका हुन् । नेपाल प्रेससँग कुरा गर्दै दीपक र दीपा दुबैले ढुक्क साथ खोप लगाउन सर्वसाधारणलाई आग्रह गरे ।
दुई परिवारका १० जना सदस्यले खोप लगाएका हुन् । चीनले अनुदानमा दिएको ८ लाख डोज सिनोफार्म खोप अहिले राजधानीका विभिन्न खोप केन्द्रबाट लगाइएको छ ।
यस्तै पेप्सीको ब्राण्ड सद्भावना दूतमा अभिनेता प्रदीप खड्का नियुक्त भएका छन् । पेप्सीले अभिनेता प्रदीप खड्कालाई आफ्नो नयाँ ब्राण्ड सद्भावना दूत बनाएर नवीनतम ग्रीष्म प्रचार अभियान अघि बढाएको हो ।
यस नयाँ प्रचार अभियानलाई लिएर उत्साहित पेप्सीको नेपाल क्षेत्रका मार्केटिङ डाइरेक्टर नसीब पुरीले अभिनेता प्रदीपलाई पेप्सी सद्भावना दूतको रुपमा पाउँदा अत्यन्त उत्साहित भएको बताए ।
उनले भने, ‘पेप्सी सँधै नै युवा पुस्ताहरुको रोजाईमा पर्ने गरेको छ । यो हाम्रो देशमा एक अत्यन्त रुचाइएको कोला पेय पदार्थ हो । हामी प्रदीपलाई हाम्रो पेप्सी सद्भावना दूतको रुपमा पाउँदा अत्यन्त उत्साहित भएका छौं ।’
त्यस्तै, अभिनेता प्रदीप खड्काले पनि आफू पहिल्यैदेखि पेप्सीको ठूलो प्रशंसक भएको बताए । उनले भनेका छन्, ‘म पहिलेदेखि नै पेप्सीको ठूलो प्रशंसक हुँ र स्वागका साथ गर्मी भगाउने यो नै एक सही पेय पदार्थमा भएकोमा म विश्वस्त हुने गर्छु । त्यसैले पनि म दावाका साथ भन्न सक्छु कि यो नयाँ टीभीसीका साथ सबैजना रमाउने छन् ।’
Comments are closed.