Nepal's First Video FM

लोक गायिका डिला बिकको बुबाको असाहिक निधन,लेखिन रुवाउने स्टाटस

391

काठमाडौँ, लोक गायिका डिलालाइ पितृ शोक परेको छ।केहि दिन अगाडी उनको बुबाको असमाहिक निधन भएको हो।लामो समय देखि अस्वस्थ रहेका डिलाको बुबाको अकस्मात स्वास्थ्यमा थप खराबी आएपछि उपचारको क्रममै निधन भएको पारिवारिक श्रोतले लालीगुराँस डटकमलाइ जानकारी दिएको छ।

दोहोरी क्षेत्रको सबै भन्दा प्रिय गायिका बनेकी डिला यो बेला पिडामा परेकी छिन।डिला राजधानीमै बस्दै आएकी थिइन।धादिङ्गमा बिहे गरेकी डिला अहिले दोहोरी च्याम्पियनमा पनि प्रतिष्पर्धामा छिन भने उनि सबैको मन मुटुमा बसेकी गायिका पनि हुन्।

डिला बुबाको उपचारमा आफै खट्दै आएकि थिइन सामान्य परिवारमा हुर्केकी डिलालाइ बाबाको मात्रै हैन सिंगो परिवारको भार थियो।बुबा बचाउन नसक्दा निकै दुखित रहेको उनले फेसबुकमा खुलाएकी छिन। उनले फेसबुकमा बुबाको सम्झनामा यस्तो लेखेकी छिन :

धेरै कोशिश गर्दा पनि हामिले काल लाइ जित्न सकेनौ पापि दैब ले हाम्रो खुशि हामि बाट खोसेर हामि लाइ टुहुरो बनाएर लगेको छस जसरि हामि बाट टिपेर लगेको छस त्यसरि नै स्वर्गमा बास दिएस (miss you buwa) भौतिक शरिर हामि सङ्ग नरहे पनि हरपल हाम्रो सम्झना मा रहिरहनु हुनेछ, बैकुन्ठ मा बास होस

You might also like

Comments are closed.