Nepal's First Video FM

जसपाको द्वन्द्व उत्कर्षमा : महन्थ र उपेन्द्रबीच बोलचाल नै बन्द

274

काठमाडौं, सत्ता समिरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी, नेपालपनि आन्तरिक विवादको भूमरीमा फसेको छ ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कि यही सरकारलाई समर्थन गरेर जाने भन्नेबारे जसपामा आन्तरिक विवाद छ ।

अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीलाई नै समर्थन गरेर जाने पक्षमा छन भने अर्का अध्यक्ष उपेन्द्र यादव भने कुनैपनि हालतमा यो सरकारलाई विस्थापित गर्नुपर्ने अडानमा छन् । ठाकुरलाई राजेन्द्र महतोले साथ दिएका छन भने यादवलाई डा. बाबुराम भट्टराईको साथ छ ।

लुम्बिनी प्रदेशका चार सदस्यलाई कारबाही गरी पदमुक्त गराउने अध्यक्ष उपेन्द्र यादव पक्षको निर्णयलाई अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधर अस्वीकार मात्रै होइन, प्रतिवाद गर्ने निष्कर्षमा पुगेको छ । बबरमहलस्थित साविकको राजपा कार्यालयमा शुक्रबार ठाकुरसहित तत्कालीन राजपा पक्षधर नेताहरूले अनौपचारिक छलफल गर्दै यादवको कदम पार्टी एकताको हितविपरीत रहेको ठहर गरेका छन् ।

उनीहरूले अध्यक्ष यादवको अध्यक्षतामा बसेको भनिएको कार्यकारिणी समितिको बैठकलाई किर्ते कामको संज्ञा दिएका छन् । त्यस निर्णयलाई सच्याउन पार्टीमा आन्तरिक संघर्ष र बाहिरी रूपमा कानुनी उपचार खोज्ने उनीहरूको निष्कर्ष छ ।

बबरमहलको निष्कर्षअनुसार सांसदबाट पदमुक्त गरिएका लुम्बिनी प्रदेशका चार मन्त्रीलाई शुक्रबार राजधानी बोलाएर सर्वोच्च अदालतमा रिट हाल्न लगाइएको थियो । रिट लिएर उनीहरू सर्वोच्च अदालत पुगे पनि कोरोना संक्रमणका कारण लगाइएको निषेधाज्ञाका कारण दर्ता हुन सकेन ।

त्यस्तै पार्टीमा पहिलो वरीयताका अध्यक्ष ठाकुरले निर्वाचन आयोगलाई कार्यकारिणी समितिको बैठक नै नबसेकाले त्यसका आधारमा गरिएको निर्णय अवैध हुने व्यहोराको जानकारी पठाएका छन् ।

You might also like

Comments are closed.