“म एकदम ठिक छु म कुनै दुर्घटनामा परेको छैन” मलाई कै पनि भएको छैन यो सब समाचार भ्रामक हो : प्रमोद खरेल
काठमाडौँ, चर्चित गायक प्रमोद खरेल दुर्घटनामा परि गम्भीर घाइते भएको समाचार अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । कुनै नाम नचलेका केहि मिडियाले यस्तो भ्रम पूर्ण समाचार लेखेर गायक प्रमोद खरेलका आफन्त र फ्यानहरुलाई नराम्रो म्यासेज दिएका छन् ।
सामाजिक संजालमा केहि मिडियाले ‘भ्वाइस आफ नेपालको सुटिगं सकेर घर फर्किदा दुर्घटनामा परेर गम्भिर बनेका प्रमोदलाई आकस्मिक अस्पताल भर्ना गरेर उपचार सुरु गरियो, प्रमोद अब ह्विल चियरमा मात्रै हिँड्न सक्ने, ह्विल चियर बिना अडिन नसक्ने भन्दै डाक्टरले भनेपछि उनलाई गम्भिर समस्या देखिएको अस्पतालले जनाएको छ, गम्भिर अवस्थामा उपचार प्रमोदलाई सिघ्र स्वास्थ्य लाभको कामना, छिटो भ्वाईस अफ नेपालमा फेरी देख्न पाइयोस्’ यस्तो भ्रमपूर्ण समाचार लेखेपछि गायक प्रमोदले सामाजिक संजाल मार्फत दुख ब्याक्त गर्दै आफु कुनै दुर्घटनामा नपरेको कुरा बताएका छन् ।
उनले सामाजिक संजालमा आफु कुनै दुर्घटनामा नपरेको भन्दै, मेरो गम्भीर दुर्घटना भयो भनेर भ्रामक कपोकल्पीत र झुटा समाचार प्रकाशन भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म एकदम ठिक छु र म कुनै दुर्घटना मा नपरेको जानकारी गरॉउछु ।
उनले अघि लेखेका छन्, समाचार को नाममा सोसल मिडियाको यसरी दुरुपयोग नगरीदिनु होला प्लिज । गलत समाचार सुनेर चासो व्यक्त गर्नु हुने सबैलाइ धन्यवाद र यो ग़लत समाचार हो भनेर बुझिदिन हुन सबैलाइ अनुरोध गर्दछु ।
Comments are closed.