काठमाडौं । भर्खर मात्र शान्ति प्रक्रियामाआ एको विप्लव समुहमा खटपट देखिएको छ , अन्तर्राष्ट्रिय मजदूर दिवसकै दिन पारेर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा विद्रोह भएको छ ।
सरकारसँग वार्तामार्फत शान्ति प्रक्रियामा आएको एक महिना नबित्दै त्यस पार्टीका पोलिटव्यूरो सदस्य कृष्णप्रसाद धमला (कमरेड गम्भिर)को नेतृत्वमा नयाँ समूह गठन भएको हो ।
सो समूहले शनिवार विज्ञप्ति जारी गरी गम्भिरको नेतृत्वमा हिमाल,पहाड,तराइ मधेश सबैका प्रतिनिधित्व सहित ५१ सदस्यीय जन समाजवादी मञ्च नेपालको स्थापना गरिएको जनाएको छ ।
कोरोना लहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिएको भन्दै धमलाले कोरोना कहरबाट छुटकारा पाउने लडाइमा होमिन आग्रह गरेका छन् ।
यस्तै लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टीका चार सांसद पदमुक्त भएको सूचना जारी गरेपछि पार्टी अध्यक्ष महन्थ ठाकुरले सांसदलाई कुनै पनि कारबाही नगरिएको भन्दै सभामुखलाई पत्र पठाएका छन् । आजमात्रै जसपाका चार सांसद पदमुक्त भएपछि ठाकुरले विज्ञप्ति निकालेर खण्डन गरेका हुन् ।
‘लुम्बिनी प्रदेशमा पूर्व राजपा नेपाल र पूर्व सपाका प्रदेश समितिको समायोजन हुन नसकि जसपा नेपालको प्रदेश सभामा दुबै संसदीय दल गठन भई कार्यरत रहेकोले यसैलाई स्वायत्तता दिई प्रदेश सभा सम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निदैेशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ,’ ठाकुरले सभामुखलाई लेखेको पत्रमा भनिएको छ, ‘साथै केन्द्रीय स्तरबाट लुम्बिनी प्रदेश सभा सदस्यहरूलाई कुनै कारबाही नभएको व्यहोरासमेत अनुरोध छ ।’
संसदीय दलको निवेदनको आधारमा सन्तोगाकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेलाई पदमुक्त गरेको जनाएको हो । प्रदेश संसदीय दलका नेता उपेन्द्र यादव पक्षका हुन् ।
Comments are closed.