Nepal's First Video FM

कोरोना निको भएर घर फर्किएका- मदनकृष्ण श्रेष्ठको मार्मिक सन्देश–‘कोरोना कहरका बेला सबैलाई माया गरौं’!

364

काठमाडौ– कलाकार मदनकृष्ण श्रेष्ठ कोरोना संक्रमणलाई पराजित गर्दै मेडिसिटी अस्पतालबाट शुक्रबार साँझ डिस्चार्ज भएका छन् ।

फेसबुकमार्फत जारी सन्देशमा उनले अहिलेको कोरोना निकै कडा रहेको र यसले आफूलाई गालेको बताउँदै संवेदनशिल भैदिन आग्रह गरेका छन् । उनले मास्कको अनिवार्य प्रयोग गर्न र साबुनपानीले हात धुन समेत भनेका छन् ।

आफ्नो परिवारका पाँचैजना सदस्य कोरोनाले थलिएकाले हेरचाहमा कठिन भएको बताउँदै निको भएकोमा भाग्यमानी महसुस गरेको बताए । भिडियोमा मदनकृष्ण निकै थकित र गलेको मुद्रामा देखिएका छन् ।

आदरणीय दर्शकहरु । ८ दिन मेडिसिटीमा उपचार गरेर म डिस्चार्ज भएर घर आएको छ । खुशी लागिरहेको छ । अस्पतालको सेवा राम्रो थियो । तर यो दुःखको घडिको हो ।

संसारलाई महासंकट पारेको र प्रलयको रुपमा आएको कोरोना कहरका बेला सबैलाई माया गरौं । सबैको हित सोचौं । केही छैन जिन्दगी ‘केही छैन’ । शरीर फलाम जस्तो लाग्थ्यो पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । तर हावा रहेछ सबै शरीरमा केही रहेनछ ।

त्यसैले कसैले पनि कसैलाई पोलिटिकल इख बिख पोखेर आफ्नो मनलाई फोहोर नबनाऔं, बिन्ती छ । सबैले सबैलाई राम्रो गरौं, भलाई सोचौं, केही फाइदा छैन वैमनस्यता राखेर । मनमा राक्षसीपन पलाउने हैन, भगवान पलाउनुपर्छ । यो हामी सबैलाई थाहा भएको कुरा हो मैले खाली सम्झाउन मात्रै खाजेको हो ।

यो कोरोनाले शरीर एकदमै गल्दो रहेछ । पहिलाको कोरोनाले इमिनिटी पावर जिरो बनाउने रहेछ, तर इनर्जी रहिरहने रहेछ । तर अहिलेको कोरोना त्यसको ठीक उल्टो रहेछ । अहिलेको कोरोनाले इमिनिटी रहने तर इनर्जी पावर जिरो । शरीरमा इनर्जी नै छैन । प्लेटको भात शुद्ध चम्चाले लिन नसकिने । मुखमा पु¥याउने त परको कुरा ।

मेरो परिवारका पाँचै जनालाई कोरोना संक्रमणले छोयो । परिवारका कसैलाई बाँकी राखेन । सबैलाई झ्पाप्पै पार्ने रहेछ । परिवारमा कसैले कसैलाई वास्ता गर्न सक्ने स्थिति थिएन । पानी तताएर दिने अवस्था थिएन ।

म ८ दिन अस्पताल बसेर आए । मनमा भगवान भएका छिमेकीहरु पाएर म आफूलाई एकदम भाग्यमानी ठानिरहेको छु । मेरो परिवारका सदस्यहरुलाई उहाँहरुले ख्याल गर्नु भो । मिठोमिठो पकाएर खुवाउनुभयो । यस्तो सहयोग देशैभर हुनुपर्छ । सबैले सबैलाई प्रेमका आँखाले हेर्ने ।

सबै मिलेर कोरोनालाई जित्नुपर्छ । अरु त के भनौं र मास्क अत्यन्त जरुरी छ, मास्क लगाउनुहोला । असुरक्षित ठाउँमा नजानु होला । सामाजिक दूरी कायम गर्नुहोला । साबुन पानीले बेला बेला हात धुनुहोला ।

हेर्नुहोस भिडियो

You might also like

Comments are closed.