Nepal's First Video FM

कोरोना संक्रमण भयो – पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई , अस्पताल भर्ना

470

काठमाडौँ– पूर्व प्रधानमन्त्री एवम् एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

नेता खनाललाई शनिवार आएको रिपोर्टमा कोरोना पुष्टि भएको हो ।

उनलाई अहिले काठमाडौं स्रोह्रखुट्टेस्थित मनमोहन मेमोरियल कलेजमा भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ ।

यद्यपि, स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको बुझिएको छ ।

यसअघि खानेपानी मन्त्री मणीचन्द्र थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, एमाले नेता विष्णु रिजाल लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

You might also like

Comments are closed.