Nepal's First Video FM

सुनको मूल्यमा वृद्धि, तोलामा यति सम्म पुग्यो !

613

काठमाडौं । आइतबार सुन तोलामा सामान्य मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा एकैपटक ९०० रुपैयाँले घटेको सुनको मूल्यमा आइतबार भने तोलामा एक सय रुपैयाँले बढेको हो ।

आज तेजावी सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ तोकिएको छ ।

कोरोना महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा लागू भएका कारण देशका अधिकांश शहरमा सुनको कारोबार भएको छैन ।

You might also like

Comments are closed.