Nepal's First Video FM

फ्लर्टी माया गितका गायक नीतेशजंग कुँवरले संगीतबाट बिदा मागे

345

काठमाडौं : गायक नीतेशजंग कुँवरले संगीत छाड्ने संकेत गरेका छन् । उनले आइतबार फेसबुकमा स्ट्याटस राख्दै आफ्नो सांगीतिक यात्रा यहीँसम्म रहेको बताएका छन् । ‘साथीहरू, मेरो सांगीतिक यात्रा टुंग्याउने समय भएको महसुस गरेको छु ।

उतारचढावयुक्त यात्राका लागि यहाँहरू सबैमा धन्यवाद दिन चाहान्छु,’ उनले फेसबुकमा लेखेका छन् । स्ट्याटससँगै उनले कन्सर्टका केही तस्बिर पनि पोस्ट गरेका छन् ।

नीतेशले ५ वर्षअघि ‘गफै त हो’ बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेका थिए । भ्लगर सिसन बानियाँको प्रेरणाले गीत बनाउँदै युट्युबमा हाल्दै गरेका नीतेशले छैटौं गीत ‘गेडेजस्तै जीन्दगी’बाट भने सफलता चुमेका थिए ।

यसपछि सार्वजनिक भएको ‘फ्लर्टी माया’ भने उनलाई संगीतमा अन्डरग्राउन्ड स्टार बनाएको थियो । त्यसयता भने कर्पोरेट इभेन्ट र कन्सर्टमा नीतेश सबैभन्दा डिमान्डेड गायक बनेका थिए ।

You might also like

Comments are closed.