सङ्क्रमण भयाभह बन्दै, बालबालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा : उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह
कैलाली । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ ।
सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । सुदूरपश्चिम प्रदेशमा शनिबार १० जनाको मृत्यु भएको छ । कैलालीका दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको छ ।
यस्तै कञ्चनपुरका पाँच पुरुष र एक महिला गरी छ जनाको मृत्यु भएको छ भने बझाङका एक जना पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दिपायलले जानकारी दिएको छ । सुदूरपश्चिममा दैनिक कोरोना सङ्क्रमित सयौँ थपिन थालेका छन् ।
सुदूरपश्चिममा शनिबार थप २४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा ५५२ नमूना परीक्षण गर्दा २४१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सङ्क्रमितमध्ये कैलालीको धनगढीका मात्रै ११३ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका अन्य पालिकाका ९१ र अन्य जिल्लाका ३७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
बालबालिका र ज्येष्ठ नागरिक उच्च जोखिममा……………….
कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि बालबालिका र ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
समुदायस्तरमै कोरोना फैलिँदै जाँदा बालबालिकलाई सङ्क्रमणबाट जोगाउन टीकापुर अस्पतालका बालरोग विशेषज्ञ अमरनाथ ठाकुरले बताउनुभयो ।
‘यो समय भाइरल ज्वरो, रुघाखोकीको समय पनि हो । बालबालिकामा सामान्य समस्या देखिँदैमा आत्तिन हुँदैन’, डा ठाकुरले भन्नुभयो, ‘बालबालिकामा श्वासप्रश्वासमा समस्या भयो, निमोनियाका लक्षण देखिएमा अस्पताल लैजानुपर्छ । सामान्य रुघाखोकी, ज्वरो भए दुई÷तीन दिनमा आराम हुन्छ ।
Comments are closed.