Nepal's First Video FM

आइतबार ७,२११ संक्रमित थपिए, २७ जनाको मृत्यु, सक्रिय संक्रमण ४८ हजार !

379

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ७७० जनाको आरटी–पीसीआर/एन्टिजेन परीक्षण गर्दा ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ हजार १ सय ४७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा ७ हजार १३७ जना र ६ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मुलुकभर ७ हजार २११ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर सात हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

You might also like

Comments are closed.