Nepal's First Video FM

लुम्बिनीमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

395

काठमाडौं, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एकल बहुमतको आधारमा उनलाई मुख्यमन्त्री नियुक्त गरिएको पत्र दिइएको छ । पत्रमा संविधानको धारा १६८ को उपधारा १ बमोजिम नियुक्त गरिएको उल्लेख छ ।

क्त धारमा प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषदको गठन हुने व्यवस्था छ ।

आज विहान नै पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव अगाडि बढाउने भएपछि मुख्यमन्त्री पोखरेलले चतुर्याईपूर्वक राजीनामा दिएका थिए ।

You might also like

Comments are closed.