काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकमा ओलीले आफूले विश्वासको मत लिने जानकारी गराएका हुन् । बैठक चलिरहँदा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासतर्फ गएको मन्त्रिपरिषद् स्रोतले बताएको छ ।
नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएपछि प्रधानमन्त्री अोली यो निर्णयमा पुगेका हुन् । बालुवाटारनिकट स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने बताएका थिए ।
मन्त्रिपरिषद बैठक बस्नुअघि एमालेको स्थायी कमिटीको आकस्मिक बैठक बसेको थियो । बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।
Comments are closed.