Nepal's First Video FM

सचिन परियारले खेलेको यो नया गीत रातारात भाइरल,मौसम गुरुङको आवाजमा

371

नेपाली लोकदोहोरी क्षेत्रका प्रसिद्ध लोक गायक मौसम गुरुङको नया मौलिक लोकदोहोरी गीत ‘माछी लेवैमा’ बजारमा आएको छ।लोकप्रिय गायिका सुनीता बुढा छेत्री र मौसम गुरुङले आवाज दिएको उक्त गीतमा भाइरल सचिन परियारलाई पनि बिशेष भूमिकामा देखाइएको छ।

विवादपछि पहिलो भिडियोमा देखिएका सचिनले यो गीतमा निकै रमाइलो गरेका छन।गीतमा मौसम गुरुङकै लय रहेको छ भने शब्द सृजना ओम छिनलको रहेको छ।सबैको मन मुटुमा बसेका मौसमले आफ्नै युटुब च्यानल मार्फत यो गीत बजारमा ल्याएका हुन्।

गीतमा मौसम गुरुङ,संचिता साही,सचिन परियार,बिमल परियार,श्याम राना लगाएतको बिशेष अभिनय रहेको छ।प्रकाश भट्टको निर्देशन रहेको भिडियो अहिले लक् डाउनको समयमा सबैको रोजाई बन्ने देखिन्छ।गीतको सम्पादन प्रविन भट्टले गरेका हुन्।हेरौ भिडियो :

You might also like

Comments are closed.