काठमाडौँ, नेपाली गित संगीत क्षेत्रको चर्चित गायिका हुन् इन्दिरा जोशी स्टेज कार्यकर्म, नेपाल आइडल देखि बिभिन्न कार्यकर्ममा उनि निकै सक्रिय छिन भने अभिनयमा पनि उनको रुचि निकै छ आफ्नो गीतमा उनि आफै अभिनय गर्ने गरेकी छिन् ।
उनि भन्छिन ,नेपाल आइडलमा आएपछि मैले धेरै कुरा सिक्ने मौका पाएँ। अहिलेका जेनेरेशनसँग हामीमा नभएको कन्फिडेन्ट छ। धेरै कुरा सिक्ने र थोरै कुरा सिकाउने मौका पाएकोमा आफूलाई भाग्यमानी ठान्छु।
देशको राजनीतिक के भइरहेको छ भन्ने बारेमा पनि उनि जानकार छिन् र भन्छिन, एउटा नागरिक भएको कारण यी कुरा जान्न जरुरी पनि छ। फेरि चुनाव हुँदैछ रे।
कोरोनाले अर्थतन्त्र थिलोथिलो भएको बेला झनै आर्थिक भार किन थपेका छन्। के यसको अर्को विकल्प थिएन होला र? मसँग त प्रश्नै प्रश्न मात्रै छन्। अस्ति एउटा समाचार पढेको थिएँ, सवैभन्दा कमजोर पासपोर्ट भएको देशमा पर्दोरहेछ हाम्रो देश त।
Comments are closed.