Nepal's First Video FM

प्रचण्डले भने– शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त हुनु , आश्चर्य र हास्यास्पद

413

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्ममतमा रहेको भन्दै पुनः सरकारको दावी गर्नु आश्चर्य र हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

बहुमत सांसदहरुको समर्थन रहेको अविश्वासको प्रस्तावमा प्रस्तावित गरिएका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्नुको सट्टा पोखरेललाई नियुक्त गरिएकोप्रति प्रचण्डले आपत्ति जनाएका छन् ।

‘बहुमत सांसदहरुको समर्थन रहेको अविश्वास प्रस्तावमा प्रस्तावित गरिएका मुख्यमन्त्री कुलप्रसाद केसीलाई संविधानको धारा १६८ (२) अनुरुप मुख्यमन्त्रीमा नियुक्ति गर्नुको बदला प्रदेश प्रमुखले अल्पमतमा रहेका (३७ जनाको समर्थन प्राप्त) शंकर पोखरेललाई संविधानको धारा १६८ (१) अनुरुप नियुक्ति गरे । उक्त असंवैधानिक र अलोकतान्त्रिक निर्णयको हामी निन्दा गर्दछौं,’ आइतबार साँझ एक वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अल्पमतमा रहेका व्यक्ति (पोखरेल)ले नै पुनः संविधानको धारा १६८ (१) अनुसार सरकार गठनको दाबी गर्नु आश्यर्य र हास्यास्पद मात्र नभइ अनैतिक र असंवैधानिक भएको पनि टिप्पणी गरेका छन् ।

‘आफूबाट भएको गलत निर्णय’लाई सच्याइ गठबन्धन सरकार गठनका दाबेदार कुलबहादुर केसीलाई नियुक्ति र सपथ ग्रहण गराइ संविधान र लोकतन्त्रको ‘मर्यादा कायम गर्न’ प्रचण्डले लुम्बिनी प्रदेश प्रमुखको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

You might also like

Comments are closed.