Nepal's First Video FM

सर्जिकल मास्क दोब्बर मूल्यमा बेच्नेलाई जरिवाना

358

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले त्रिपुरेश्वरस्थित अल फाइन सर्जिकल सप्लायर्सले खरिद गरेभन्दा दोब्बर मूल्यमा सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

विभागको आकस्मिक अनुगमन टोलीले आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा साढे चार रुपियाँमा खरिद मूल्य परेको सर्जिकल मास्कको साढे आठ रुपियाँमा बेचेको पाइएपछि जरिवाना गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना गरिएको जानकारी दिए ।

उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

You might also like

Comments are closed.