पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सिसन बानियाँसँगको प्रेमि सम्बन्ध बारे मुख खोलिन् , हेटौंडादेखि हार्वर्डसम्मको कहानी |
काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा निकै चर्चामा रहने गर्छिन यो चर्चाको कारण हो उनको सुन्दरता, सिसन बानियाँसँगको प्रेम सम्बन्ध,हार्वर्डसम्मको सैक्षिक यात्राको र व्यक्तिगत कारणले पनि चर्चामा रहने गर्छिन।
खास गरि उनको प्रेम सम्बन्ध मिडियाका लागि चर्चाको विषय बन्ने गर्छ । भ्लगर सिसन बानियाँसँगको उनको प्रेम छिपेको छैन । यद्यपी यो जोडीले अहिलेसम्म सार्वजनिकरुपमा प्रेमलाई खुलाएको छैन ।
तर, उनीहरुले ओपन-सेक्रेट ढंगले सम्बन्धलाई अघि बढाइरहेका छन् । हालै सार्वजनिक भएका केही तस्विर र भिडियो हेर्दा पनि उनीहरुले प्रेमलाई लुकाउन सकेका छैनन् ।
AP 1 TAMASOMA JYOTIRGAMAYA टेलिभिजन कार्यक्रममा श्रृंखलालाई सिसनसँगको उनको प्रेमबारे सोधिएको थियो । जवाफमा उनले समय आएपछि भन्छु भनिन् । ‘ बेला आएपछि भनिन्छ । त्यो भएपछि खोल्दा मजा आउँछ । नचाहँदा नचाहँदै पनि खुलस्त भैदिन्छ । ओपन सेक्रेट नै राखिरहेको हो’ उनले भनिन् ।
उनले प्रेम नभए जीवन खल्लो हुने बताउँदै जीवनमा सहयात्री चाहिने बताइन् । ‘सहयात्री विना हिँड्न सक्छु जस्तो लाग्दैन । थाकिसकेपछि सहयात्री भएसकेपछि आनन्द र ढुक्क लाग्छ । मायाप्रेम पनि भगवानले सोचेजर दिनुभएको हो । पे्रम भएन भने जीवन खल्लो हुन्छ’ उनले भनिन् ।
उनी मिस नेपाल भएदेखि नै सिसनसँगको सम्बन्ध गाढा भएको हो । श्रृंखलाले ब्युटी विथ पर्पस प्रोजेक्टका लागि विश्व सुन्दरी प्रतियोगितामा पेश गरेको भिडियोको निर्माण सिसनले नै गरिदिएका थिए ।
नायिका केकि अधिकारीको प्रेम चर्चा ………..
यस्तै गायक आर्जन पाण्डे र नायिका केकि अधिकारीको प्रेम चर्चा त बजारमा भैरहेकै हुन्छ। तर उनिहरु त्यो चर्चा गलत हो भनिरहन्छ्न्। साथी मात्र हो अरे केकि र आर्जन। अफेयर छैन भनेपछी जबर्जस्ति गर्न त मिलेन क्यार।
तैपनी उनिहरु अफेयरमा छन् भन्ने कुराको सुराग उनिहरु आफै दिन्छन्। अब शंका गर्न त पाइयो नि। हैन त ?यतिबेला केकिले ‘बोक्सिको घर’ नामक फिल्मका लागि कपाल काटेर तक्लु बनेकी छिन्।
उनको कपालको चिन्ता उनको फ्यानलाई पनि लागेको छ। फ्यामिलिलाई पनि लागेको छ। यस्तै आर्जनलाई पनि लाग्यो। आर्जनले ‘मिसिङ योर ओल्ड हेयर’ भन्दै केकिको टिकटकमा डोयट गरेका छन्। केकिको लामो कपालको याद आर्जनलाई आयो। किन आयो भन्ने कुरा त प्रष्ट नै छ नि।
Comments are closed.