Nepal's First Video FM

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना

221

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना पुष्टि भएको छ। ज्वरो र जिउ दुखाई बढेपछि आइतवार स्टार अस्पतालमा स्वाब परीक्षण गराएकोमा आज बिहान रिपोर्ट आएको उनले बताएका छन्।

‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी स्टार हस्पिटल पुगेर स्वाब दिएँ। बिहानिपख रिपोर्ट आयो(पोजेटिभ,’ शर्माले भनेका छन्।

अहिले आफू डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा रहेको उनले उल्लेख गरेका छन्। लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन्।

‘टेकुका डा मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु। डेरामै आइसोलेसनमा छु। लक्षणले च्यापेका छन्। तर मनोबल उच्च छ।’ प्रवक्ता शर्माले सबैलाई सजग बन्नसमेत आग्रह गरेका छन्।

You might also like

Comments are closed.