Nepal's First Video FM

बिमान दुर्घटनामा को को परे ! पढ्नुहोस

726

फाल्गुन २८, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बंगलादेशबाट आएको जहाज दुर्घटना हुदा कम्तिमा ४० जनाको मृत्यु भएको भएको छ । २८ जनाको घटनास्थलमै र बाँकीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार विमानमा ३३ जना नेपाली सवार थिए । विमानमा चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार रहेका बताइएको छ । ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को विमान अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनास्थलबाट उद्धार गरीएका मध्ये ८ जनाको मृत्यु भएको विमानस्थलले जनाएको छ । उपचार गराइरहेका मध्ये २ जना समान्य उपचारपछि घर फर्किएका छन् । ढाकाबाट आएको युएस बंगला एयरलाइन्सको जहाज अवतरणको क्रममा रनवेबाट बाहिर गएर दुर्घटनामा भएको विमानस्थलका महा प्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

विमानस्थलले दक्षिणबाट अवतरणका लागि अनुमति दिएकोमा चालकले उत्तर तर्फबाट अवतरण गरेको जनाएको छ । यद्धपि यो नै दुर्घटनाको कारण हो या होइन भन्ने पुष्टि भइसकेको छैन ।
जहाज दुर्घटनामा परेर आगलागी भएपछि अग्निनियन्त्रकको ठुलो टोली आगो निभाएको छ । दुर्घटनापछि करिब ३ घन्टा विमानस्थलमा उडान र अवतरण ठप्प भएको थियो । घाइतेको केएमसी अस्पताल सिनामंगल र नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ ।

You might also like

Comments are closed.