Nepal's First Video FM

पशुपति क्षेत्र विकास कोषले भन्यो : विद्युतीय शवदाह गृहले थेग्न नसकेरै बागमती किनारमा चिता

372

काठमाडौं । पशुपति आर्यघाटमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिको शव ल्याइने क्रम बढेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार दैनिक २६ वटासम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको शव ल्याइने गरेको छ ।

विद्युतीय शव दाह गृहले थेग्न नसकेका कारण सोमबारदेखि बागमती किनारमा अस्थायी चिता बनाएर कोभिड–१९ का कारण मृत्यु भएकाहरुको शव जलाउन थालिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताएका छन्।

सदस्य सचिव डा. ढकाललेका अनुसार, “सबैभन्दा कम आएका दिन पनि १३ वटासम्म शव जलाउन ल्याइने गरेको पाइएको छ । अघिल्लो पटक कोरोना संक्रमण हुँदा सबैभन्दा धेरै एकैदिन १५ वटासम्म शव आर्यघाटमा ल्याइने गरेको उनले जानकारी दिए ।

शवको संख्या थपिने क्रम बढेपछि विद्युतीय शव दाह गृह बाहिर पनि चिता बनाएर जलाउन

विद्युतीय शव दाह गृहमा हामीसँग तीनवटा मेसिन छन्। अहिले तीनवटै मेसिन सञ्चालनमा रहे पनि शवको भार थेग्न नसकिएपछि नजिकै बागमती किनारमा स्थायी चिता बनाइएको हो।’ढकालले भने, ‘विद्युतीय शव दाह गृहमा हामीसँग तीनवटा मेसिन छन्। अहिले तीनवटै मेसिन सञ्चालनमा रहे पनि शवको भार थेग्न नसकिएपछि नजिकै बागमती किनारमा स्थायी चिता बनाइएको हो।’

एक मेसिनले दैनिक अधिकतम १२ वटा शव जलाउन सक्ने उनले बताए । सदस्य सचिव ढकालले भने, ‘एउटा मेसिनमा अधिकतम १२ वटासम्म शव जलाउन सकिन्छ। तर मेसिनहरु अल्टरनेट गरेर चलाउने गरिएको छ। सबै एकसाथ चलाउँदा एकैचोटी सबै बिग्रिने सम्भावना रहने र मेसिनले आराम पनि नपाउने अवस्था आउँछ।’

अहिले विद्युतीय शव दाह गृह बाहिर चिता बनाएर पनि कोरोनाबाट ज्यान गएकाहरुको शव जलाउन थालिएको छ ।

You might also like

Comments are closed.