फाल्गुन २९, बंगलादेशका नागरिक उड्डयान मन्त्री एकेएम शाहजान र पराराष्ट्र राज्यमन्त्री शाहरिर अलाम नेपाल आउने भएका छन् ।
उनीहरु सोमबार भएको यूएस विमान दुर्घटना बारे जानकारी लिन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा २२ जना बंगलादेशी नागरिकको मृत्यु भएको थियो भने केही घाइते छन् । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
बंगलादेशबाट आउने टोलीमा दुर्घटनामा परेका परिवारका आफन्त समेत आउने बताइएको छ ।
यसअघि सोमबारै प्रधानमन्त्री केपी ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग टेलिफोन संवाद गरी विमान दुर्घटनाबारे जानकारी गराएका थिए । अनलाइनखबर
Comments are closed.