Nepal's First Video FM

कहिलेकाहीँ लाग्छ, साँच्ची म पनि यही युगमा नायिका थिएँ है ? : नायिका करिश्मा मानन्धर

360

काठमाडौं – नेपाली चलचित्र छेत्रकि एभर ग्रिन अभिनेत्री हुन् करिश्मा मानन्धर उनि झन्डै ५ दसक जति उनि यो छेत्रमा सक्रिय छिन् , केही वर्षयता नायिका करिश्मा मानन्धरको फिल्म क्षेत्रमा खासै सक्रियता छैन ।

पछिल्लो समय उनको अभिनय रहेको फिल्म ‘हिरोज’ प्रदर्शनमा आएको थियो । यसपछि उनले अन्य फिल्ममा अभिनय गरेकी छैनन् ।
बरु उनी आजभोलि सामाजिक र राजनीतिक विषयमा चासो व्यक्त गर्ने गर्छिन् । समाजका कतिपय विषयमा आवाज उठाउने गर्छिन् । समस्यामा परेकाहरुलाई सहयोग गर्न जुट्छिन् ।

कुनै बेला एकपछि अर्को फिल्मको छायांकनमा व्यस्त हुने करिश्मालाई कहिलेकाहीँ लाग्छ, म पनि कुनै बेला व्यस्त नायिका थिएँ ।

उनलाई कहिलेकाहीँ आफू सेलिब्रेटी हुँ भन्ने पनि सम्झनुपर्छ ।

पछिल्लो समय उनको दैनिकी फिल्ममा भन्दा पनि पढाइ र सामाजिक काममा बितिरहेको छ । जसले गर्दा करिश्मालाई अभिनेत्री पनि यही युगमा थिएँ भन्ने भुल्छिन् ।

करिश्मा भन्छिन्, ‘त्यतिबेला हामीले जसरी काम गरेका थियौं । त्यो सम्झिँदा पनि रमाइलो लाग्छ ।’

फिल्म क्षेत्रमा काम गरिरहेका बेला बीचमा केही समय अमेरिका गएको र पछि पढाइमा लागेकाले फिल्म क्षेत्रबाट टाढिएको करिश्मा बताउँछिन् । कहिलेकाहीँ बाहिर हिँड्दा फ्यानहरु सेल्फी खिच्न आउँदा आफूलाई कुनै बेला म पनि नायिका थिएँ भन्ने लाग्ने गरेको उनको भनाइ छ ।

‘कहिलेकाहीँ म आफैलाई लाग्छ कि, साँच्ची म पनि फिल्म क्षेत्रमा थिएँ है ?,’ उनी भन्छिन् ।

मिस युनिभर्समा भाग लिन अनिष्का अमेरिकातर्फ उडिन्


यो पनि …

मिस युनिभर्स २०२१ मा भाग लिन मिस युनिभर्स नेपाल अनिष्का शर्मा मंगलबार अमेरिका प्रस्थान गरेकी छिन् ।

६९ औं मिस युनिभर्स टाइटलमा भाग लिन उनी त्रिभुवन विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेकी हुन् ।मिस युनिभर्सको आउँदो संस्करण मे १७ तारिखमा अमेरिकाको फ्लोरिडामा आयोजना हुँदैछ ।

सन् २०२१ मा मिस युनिभर्स नेपाल बन्न सफल अन्सिकाले अष्ट्रेलियामा भएको मिस एशिया ओशियानामा प्रथम रनरअप बनि सकेकि छिन्। उनले अष्ट्रेलियबाट भर्चुयल माध्यमबाट मिस युनिभर्स नेपालको प्रतिस्पर्धामा सहभागी भएकी थिईन् ।

उनि फाईनल प्रतिस्पर्धाका लागि छनौट भैसकेपछि नेपालमा आएर अन्य १८ जना युवतीहरुसगैं एउटा पाँचतारे होटलमा आयोजित १० दिने आवासिय तालिममा सहभागी भएकि थिईन् ।

सन २०१८ मा अष्ट्रेलियामा स्तानक तह उत्तिर्ण गरेकि उनले आफ्नै नामबाट फाउण्डेशन खोलेर गरिव छात्रछात्राहरुलाई सहयोग गरिरहेकि छिन् । हाल जुम्लाका १० र झापाका १४ जना बालबालिकाले यो फाउण्डेशन मार्फत पढने अवसर पाईरहेका छन् ।

आफ्नो गृह जिल्ला झापामा बालबालिका छनौट गर्न जाँदा उनिहरुको अवस्था देखेर अझ काम गर्न उत्साहित भएको अन्सिकाले बताएकि छिन् । उनलाई सानै उमेरदेखि मिस युनिभर्समा सहभागी हुने सपना थियो। शिक्षा क्षेत्रमा काम गर्ने बुवाको अनुभवबाट आफूलाई पनि असहायलाई सघाउन पर्छ भन्ने भावना जागेको उनले बताएकि छिन।

भविश्यमा अन्शिका एजुकेशन वेलफेर फाउण्डेशनले अझ व्यापक रुपमा कार्य अघि बढाउने लक्ष्य लिएको उनले जानकारी दिएकी छिन् ।फ्लोरिडामा मिस युनिभर्सको फाईनलमा अन्सिकाको विशेष प्रस्तुति रहने छ। नेपाली डिजाईनरले तयार पारेको राष्ट्रिय पोशाकका साथै रात्री पोशाकमा उनि मन्चमा देखा पर्नेछिन।

यसपाली मिस युनिभर्समा भोटिङका माध्यमबाट पनि टप २१ मा पुग्न सकिने व्यवस्था गरिएको छ जसलाई खल्ती एपको माध्यमबाट नेपाललाई भोटिङ गर्न सकिने छ।

You might also like

Comments are closed.